Headlines News :
Home » » Nepali Christian Hymens Start with :ए

Nepali Christian Hymens Start with :ए

Written By blesofnature on Saturday, July 11, 2015 | 12:04 PM



एक दिनको कुरा गालीलमा जब प्रभु येशू घुम्दथे 
[It Fell Upon A Summer Day, kb:s057, D:4/4]
१.  एक दिनको कुरा गालीलमा जब प्रभु येशू घुम्दथे
    सब आमाहरू नानीहरूलाई उनकहाँ ल्याएथे ।
२.  उनले काखमा लिई हरेकलाई प्रेमले आशिष्‌को हात राखे
    यी सानाहरू मकहाँ आउन देऊ, प्रभुले भनेथे ।
३.  खुशी विचार र नम्र स्वभाव एक-एर्कालाई देखाई दया
    हे प्रभु, मेरो हृदयमा तपाईंको स्वर्ग बनोस्‌ ।
४.  यस रहरलाग्दो संसारमा ईश्वरको प्रेम र महिमा
    जसले भेट्छ त्यो धन्य होस्‌ सब ठाउँमा ईश्वर छन्‌ ।



एक बारको जुनी यो लानु त के छ र मरेर जाने हो
 [kb:s386, mg:s114, sz:s203, su:s114, spg:s114, D,G,E:4/4,2/4]
को. एक बारको जुनी यो, लानु त के छ र, मरेर जाने हो
    जीवन यहाँ यो अमर छैन नै, (माटोमा मिल्ने हो) (२)
१.  मृत्युपछि तर जीवन अर्को छ विश्वासी सबैलाई
    विश्वास गरौँ न (स्वर्गीय पितालाई) (२)
२.  क्रूसको निर्दयी मृत्युलाई सहनु प्रभु नै आउनुभो’
    उनैले हाम्रो पाप (उठाइ लानुभो’) (२)
३.  ज-जसले उनमाथि विश्वास गर्नेछ नाश हुने छैन नै
    पाउनेछन्‌ तिनैले (अनन्त जीवन) (२)


एक मित्र मैले पाएको छु प्यार गर्ने अघिदेखि
 [Ive Found A Friend, kb:s287, G:3/4]
१. एक मित्र मैले पाएको छु प्यार गर्ने अघिदेखि
   प्रेम सूत्रले ताने उनले, मलाई सङ्गतमा बाँधी,
   र मेरो हृदय यस्तो छ कहिल्यै उनलाई नत्यागी
   म ख्रीष्टको हुँ, ख्रीष्ट मेरा हुन्‌ सदासर्वदाको लागि ।
२. एक मित्र मैले पाएको छु, त्राण दिनु उनी मरे
   जीवन दान र उनको साथ ख्रीष्ट आफैलाई दिइहाले,
   म आफ्ना सबै तुच्छ मान्छु, दाताको लागि राखी
   हृदय सामर्थ जीवन सबै उनका सधैँका लागि ।
३. एक मित्र मैले पाएको छु, उनको हो सबै सामर्थ
   यात्रामा मेरो अगुवा जसले स्वर्ग पुर्याउँछन्‌,
   स्वर्ग देशको देख्छु महिम, त्यो मलाई साहस दिन्छ
   अब पहरा काम र लड़ाइँ तब विश्राम सधैँ हुन्छ ।
४. एक मित्र मैले पाएको छु, दयालु साँचो, नप्र
   खूब ज्ञानी राजा, अगुवा, सामर्थी, रक्षा गर्ने,
   यस्तो प्रेम गर्नेदेखि कुन शक्ति मलाई छुट्याउँछ ?
   के जीवन, मृत्यु स्वर्ग, नर्क ? होइन, म उनकै हुन्छु ।

Share this article :

1 comment :

  1. Merkur's Merkur 34C Review - Deccasino.com
    Merkur's 34C is 메리트카지노 another Merkur-branded double edge safety razor. Made for a very attractive little choegocasino Merkur 메리트카지노 razor. Read more ·.

    ReplyDelete

 
Support : Proudly powered by Christian Society Of Joliette
Copyright © 2011. Mahima Ra Prasansha - All Rights Reserved....... Disclaimer......