Most Common Hymens
१. ईश्वर तपाईं उदेकका, छौ अपार महानतमका
सिंहासन शोभा उही बखान अगाध तेज महिमा ।
२. अथाह तपाईंको अनन्तकाल, हे आफै-आफ ईश्वर
स्वर्गदूतले गर्दछन् दिनरात मान पूजा निरन्तर ।
३. तपाईंको भय म मान्दछु, हे ईश्वर जिउँदो
पछुताई काम्दै-काम्दै आशमा पूजा म गर्छु ।
४. तै पनि प्रभु आफै-आफ म पनि प्रेम गर्छु
अँ, मेरो अयोग्य मनको प्रेम तपाईंले माग्नुभयो ।
५. हे ख्रीष्टका पिता, प्रेमको मूल परमानन्द हुन्छ यो
स्वर्गलोकमा भोग्नु नित्य वास पाई दर्शन ईश्वरको ।
ईश्वर थुमा, पवित्र येशू ख्रीष्ट, ईश्वर पुत्र, उचालिए राजी भई मर्नलाई मजस्तो दोषीले जानूँ रगत बग्यो, अझ बग्दैछ, शुद्ध पार्दै, निको पार्दै । म उच्च पार्छु येशू, मेरो बलिदान, उच्च पार्छु मुक्तिदाता, मेरा प्रभु म उच्च पार्छु, परमेश्वरका थुमा, दण्डवत् गर्छु तपाईंलाई सिंहासनअघि ।
१. ईश्वर पिता हाम्रो सुन्नोस्, खालि साना मान्छे हौँ तै तपाईंलाई ठूलो बिन्ती गर्न अहिले आएका छौँ । २. ख्रीष्टको राज्य खूब छिट्टो आओस्, ख्रीष्टमा सबले पाऊन् जय र तपाईंलाई सबले चिनून्, सबले मानून् धन्य भई । ३. ख्रीष्टको प्रेमको मीठो कुरा सुनिकन मान्छेले । यस संसारमा स्तुति गरुन् जस्तो स्वर्गमा दूतले । ४. आओस् त्यो संसार तपाईंको हुने घड़ी हे पिता । किनभने सब तपाईंका राज्य पराक्रम महिमा ।
१. ईश्वर महाराजलाई गर प्रणाम्, अँ मान उनका गुण, सामर्थ र प्रेम
जो हाम्रा छन् ढाल र रक्षक सधैँ, जो बस्छन् प्रतापमा पहिरन स्तुतकालाई ।
२. प्रताप आनि तेज त गर प्रकाश, हो वस्त्र उज्यालो, डेरा आकाश
हुन् रथ उनका गर्जनका बादल हजार, बतासका पखेटामा हुन्छन् सवार ।
३. भूलोक अनि त्यसका उदेकका धन बसाल्नुभो’ तपाईंले, सर्वशक्तिमान्
स्थिर आज्ञाले गर्नुभो’ दरिलो त्यसलाई र घेर्नुभो’ समुद्रले खास्टाले झैँ ।
४. तपाईंको निधोले राखी विश्वास सब खाँचोअनुसारको भेट्छ निकास
तपाईंको अनुग्रह अपार छ, सब रीत हे कर्ता, हे रक्षक, हे त्राता, हे मीत ।
१. ईश्वर यहाँ उपस्थित छौ आशिष् अहिले दिनलाई
मेघले हेर, घेर्दै आयो, इच्छा पूरो होस् तिम्रै ।
को. हामी स्वर्गे बप्तिस्मा माग्छौँ घनघोर वृष्टि गर
प्रिय येशू पर्खंदै छौँ मन जगाऊ यही पहर
२. अनुभव भो’ उपस्थित छौ, भै’गो पवित्र भूमि
तर अझै बढ़्ता माग्छौँ, आऊ मनमा यसघरी ।
३. उपस्थित छ अब बिन्ती छ, ल्याउँदैछौँ अब विश्वासलाई
आत्मा आज जलाऊ मनमा, अहिले आफ्नो हात बढ़ाई ।
४. प्यारसित हृदय अब देख्दछौँ, अहिले खोल भण्डारलाई
एउटा गराऊ वृष्टि ठूलो, आशिष् अहिले देऊ पठाई ।
१. ईश्वरको छेवैमा जाँदैछु म, परे पनि दुःखमा लगिन्छु म । स्तुति गाउँदै जय भन्छु, ईश्वरको छेवैमा, ईश्वरको छेवैमा जाँदैछु म । २. परदेशी जस्तै छु, घाम डुब्दै छ, वास-गढ़ म खोज्दै छु रात पर्दैछ निद्रामा म हुन्छु ईश्वरको छेवैमा, ईश्वरको छेवैमा जाँदैछु म । ३. स्वर्गलोकको बाटो दिनछन् मलाई, सब थोक दिन्छन् मलाई वहाँ आशिष् पाई दूत भन्दा श्रेष्ठ हुन्छु, ईश्वरको छेवैमा, ईश्वरको छेवैमा जाँदैछु म । ४. दुःख-शोकलाई त्यागेर, शान्त भएर, चम्कँदै रहन्छु वहाँ गएर शोक हुँदैन साथमा ईश्वरको छेवैमा, ईश्वरको छेवैमा जाँदैछु म । ५. आनन्दको पखेटा जब लिन्छु म, संसारको शोक चिन्ता बिर्सन्छु म । स्तुति गाउँदै जय भन्छु, ईश्वरको छेवैमा, ईश्वरको छेवैमा जाँदैछु म ।
१. ईश्वरको प्रेम छ कति महान्, वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको
विश्रामरहित आत्माको लागि ईश्वरले पुत्र दिए
पापको कालो दागलाई मेटाई हिउँजस्तो सेतो पारे ।
को. ईश्वरको प्रेम कति प्रशस्त छ, बहुमूल्य अपार
सधैँभरि दूतगण समस्त गाउँछन् त्यसको जयजयकार
२. अफशोसी दिन जब बित्नेछन्, सांसारिक राज्य नाश हुनेछ
प्रार्थना नगर्ने हरेक जन मृत्यु भनी बोलाउनेछ ।
ईश्वरको प्रेम रहने अझ कति छ दृढ़ र महान्
अनुग्रह आदम वंशलाई भनी गाउनेछन् दूतगण ।
३. समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
हर रूखको डाँठ कलम बनेको र हरेक मानिस लेखक भए
लेख्न ईश्वरको महान् प्रेम समुद्र सुकी जान्थ्यो
न त अटाउँथ्यो आकाशमा वर्णन त्यो दिव्य प्रेमको ।
१. ईश्वरको मान्छे उठ, छोड़ अयोग्य कर्मलाई हृदय, मन आत्मा, सामर्थ देऊ ख्रीष्ट येशू राजालाई । २. ईश्वरको मान्छे उठ, राज्य आउँदैछ ढिलो सङ्गतको दिन अब छिटो ल्याऊ, हटाऊ रात पापैको । ३. ईश्वरको मान्छे उठ, मण्डली पर्खंदछ त्यो काम निमित्त नसक्ने हो उसलाई प्रसिद्ध बनाऊ । ४. येशूको क्रूस उठाऊ हिँड़ बाटो उनैको मान्छेको पुत्रका दाज्यू-भाइको रुपमा उठ मान्छे ईश्वरको ।
१. ईश्वरको राज पहिले खोजी गर, उहाँको धार्मिकता,
सबै थोक तिमीलाई थपिनेछ, हल्लेलू हल्लेलूयाह ।
को. (हल्लेलूयाह) (३) हल्लेलू हल्लेलूयाह
२. रोटीले मात्र मानिस बाँच्दैन, तर हरेक वचनले,
जो परमेश्वरको मुखबाट निस्कन्छ, हल्लेलू हल्लेलूयाह ।
३. माग त तिमीलार्य दिइनेछ, खोज त भेट्टाउनेछौ,
घचघचाऊ ढोका उघारिनेछ, हल्लेलू हल्लेलूयाह
१. ईश्वरलाई पुजूँ पवित्रता लाइकन दण्डवत् गरूँ प्रचारी प्रताप आज्ञा मनाई र दीनता चढ़ाईकन उनैको नाउँ लिँदै जो आफै-आफ । २. फिक्रीका भार हालूँ ईश्वरको चरणमा, उनले त्यो हृदयमा बोक्छन उठाई शोक मेटिदिन्छन्, पुर्याउँदछन् शरणमा पाउ डोर्याई मारेको झैँ । ३. ईश्वरको महलमा विनाडराईकन छौँ आउन सक्ने दीन-हीन मनका भई खालि सच्चाइँ र धन प्रेमको ल्याईकन ग्रहण गरिन्छौँ यी मात्र चढ़ाई । ४. यति नै ल्याऔँ ता येशूको नाउँमा ईश्वरले लिन्छन् ती कारण उनको हर्षको दिन दिन्छन् शोकको साटोमा कमाइको साटो विश्वास दरिलो । ५. ईश्वरलाई पुजूँ पवित्रता लाइकन दण्डवत् गरूँ प्रचारी प्रताप आज्ञा मनाई र दीनता चढ़ाईकन उनैको नाउँ लिँदै जो आफै आफ ।

0 comments :
Speak up your mind
Tell us what you're thinking... !