को. धन सम्पति चाँहिदैन है न त मूल्यवान चीज नै
(चाहिन्छ मात्र तिम्रै सिंगो विश्वास) (२)
(ग्रहण गरन उद्धारकर्तालाई) (२)
१. जगत सारा हात पर्यो जीवनमा तिमीले
(प्राण चाहि आफ्नो गुमायौ भने फाइदा के भयो र) (२)
(ईश्वरको स्वरूपमा सृजना भएको तिम्रो
यो जीवन को मूल्य नै के भयो र) (२)
(मानिसको जीवन बगानको फूल हो) (२)
(औइलेर झर्दछ सुकेर जाँदछ) (२)
(तर येशूमा भएको जीवन अनन्त छ) (२)
२. स्वर्गराजको बाटो भेटिन्न दान र पुन्यले
(नता त्यसलाई त्यसलाई पाईन्छ धर्म र कर्मले) (२)
(बाटो विराएको पापिष्टहरूलाई
स्वयम बाटो बनी आए प्रभु ख्रीष्ट) (२)
(पछ्याउन यो बाटो आउन फकेर) (२)
(तिम्रो त्यो मनलाई कठोर नबनाउ) (२)
(तर सुनी पुकार ख्रीष्टको नजाऊ तर्केर) (२)
0 comments :
Speak up your mind
Tell us what you're thinking... !