Pages

Monday, June 15, 2015

Nepali Bible Memory Verses



Nepali Bible Memory Verses


  1. भजनसंग्रह ११९:१०५ तपाईको वचन मेरा गोड़ाका निम्ति बत्ती,र मेरो बाटोको निम्ति उज्यालो हो।
  2. भजनसंग्रह १५०:६ सास हुने हरेक प्राणीले प्ररम्प्रभुको प्रशंसा गरोस् हल्लेलूयाह 
  3. हितोपदेश ३:५ आफनो सारा ह्रदयले परमेश्वरमा भरोसा राख् र तेरो आफनै समझशक्त्तिमा भर नपर् 
  4. हितोपदेश ३:३३ दुष्टहरूको घरमा परमप्रभुको सराप पर्छ,तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ।
  5. हितोपदेश ४:२३ सबै कुराभन्दा बड़ी,आफनो ह्रदयलाई सुरक्षित राख्किनभने त्यो सारा जीवनको मूल हो।
  6. हितोपदेश १२:१९ सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्नेजिब्रो केही क्षण मात्रै टिक्छ।
  7. हितोपदेश २७:१ भोलिको धाक नलगा,किनभने एकै दिनमा के आईपर्ला भन्ने तँलाई थाहा हुँदैन। २तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून् तेरै ओठले होइन कोही अरूबाट होस्।
  8. यशैया ४०:३१ तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ।तिनीहरू गरूडझैँ माथि-माथि उड्नेछन्,र दगुरेर पनि तिनीहरू थाकक्नेछैनन्। तिनीहरू हिड्नेछन् तापनि मूच्छापर्नेछैन्।
  9. यशैया ५५:६ जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज।उहाँ नजीक हुनुहुँदा नै उहाँलाई भेट।
  10. मत्ती ५:१७ व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन,तर पूरा गर्न आएँ। १८ किनभने साँच्चै
  11. म तिमीहरूलाई भन्दछु,जबसम्म स्वर्ग र पृथ्वी टेलेर जाँजैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्र बिन्दु टल्नेछैन। 
  12. मत्ती ६:२२ आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ।
  13. मत्ती ६:३३तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर,
  14. र ती सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
  15. मत्ती ७:७ "माग त तिमीहरूलाई दिइनेछ,खोज त तिमीहरूले भेट्टाउनेछौ,ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ।
  16. मत्ती ७:२१ "मलाई 'प्रभु,प्रभु'भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्।स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्रपरमेश्वरको राज्यमा प्रवेश गर्नेछ। 
  17. मत्ती २८:१९ यसकारण जाओ,र सबै देशका जातिहरूलाई चेला बनाओ,पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ।
  18. यूहान्ना १:१७ किनभने व्यवस्था मोशाद्वारा दिइयो,अनुग्रह र सत्यताचाहिँ येशु ख्रीष्टद्वारा आए।
  19. यूहान्ना ३:३ येशुले तिनलाई जवाफ दिनुभयो,"साँच्चै म तिमीलाई भन्दछु,कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।"
  20. यूहान्ना ३:५ येशु जवाफ दिनुभयो,"साँच्चै म तिमीलाई भन्दछु,कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन।
  21. यूहान्ना ३:१६ "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो,कि उहाँले आफना एकमात्र पुत्र दिनुभयो,ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्,तर त्यसले अनन्त जीवन पाओस्।
  22. यूहान्ना ८:१२ येशुले फेरि तिनीहरूलाई भन्नुभयो,"म संसारको ज्योति हँु। मलाई पछ््याउने अन्धाकारमा हिँड़डुल गर्नेछैन,तर त्यसले जीवनको ज्योति पाउनेछ।"]
  23. यूहान्ना १४:६ येशुले तिनलाई भन्नुभयो,"बाटो,सत्य र जीवन म नै हुँ।
  24. मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
  25. प्रेरित २:३८ प्रत्रुसले तिनीहरूलाई भने,"पश्चात्ताप गर,र तिमीहरूका पाप-क्षमाको निम्ति येशु ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ,र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
  26. प्रेरित ८:१६ किनकि त्यतिन्जेलसम्म तिनीहरूमध्ये कुनैमाथि पनि उहाँ आउनु भएको थिएन। तिनीहरूको बप्तिस्मा प्रभु येशुको नाउँ मात्र भएको थियो। १७ तब उनीहरूले आफना हात तिनीहरूमाथि राखे,र तिनीहरूले पवित्र आत्मा पाए।
  27. प्रेरित १०:४८ अनि  तिनले तिनीहरूलाई येशु ख्रीष्टको नाउँमा बप्तिस्मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्यहीँ रहनुहोस् भनी अनुरोध गरे।
  28. प्रेरित १९:५ यो कुरा सुनेर उनीहरूले प्रभु येशुको नाउँमा बप्तिस्मा लिए।
  29. प्रेरित २२:१६ त अब किन पर्खनुहुन्छ? उठ्नुहोस्,र बप्तिस्मा लिनुहोस्,अनि उहाँको नाउँको पुकार गरेर आफना पाप धुनुहोस्।'
  30. रोमी ३:२० यसैकारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन,किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ।
  31. रोमी ३:३१ तब के हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने? कदािचत् होइन! बरू हामीहरू त व्यवस्थालाई कायम पो राख्छौं।
  32. रोमी ६:१४ किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन,किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ,तर अनुग्रहको अधीनमा छौ।
  33. रोमी ७:९ व्यवस्थाविना रहँदा एक पल्ट म जीवित थिएँ,तर आज्ञा आएपछि पाप जागिउठ्यो,र मचाहिँ मरें।
  34. रोमी ७:११ किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्यो,र 
  35. त्यसैद्वारा मलाई मार्यो
  36. रोमी ७:१२ व्यवस्था पवित्र छ,र आज्ञा पवित्र,न्यायसङ्गत र असल छ।
  37. रोमी ७:२२ किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा 
  38. आनन्दित हुन्छु,
  39. रोमी ८:४ यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण 
  40. होस्,हामी जो पाप-स्वभावअनुसार होइन,तर पवित्र आत्माअनुसार 
  41. चल्दछौं।
  42. रोमी ८:८ पाप-स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्नसक्दैनन्। ९ यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने,तिमीहरू पाप-स्वभाव होइन,तर पवित्र आत्मामा हुन्छौ। तर कुनैमानिसमा ख्रीष्टका आत्मा हुनुहुन्न ःभनेता त्यो उहाँको हुँदैहोइन।
  43. रोमी ८:१४ किनभने सबै,जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन्,तिनीहरू नै परमेश्वरका सन्तान हुन्।
  44. रोमी १०:४ किनभने विश्वास गर्ने धर्मी ठहरिओस् भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।
  45. १कोरिन्थी १६:१३ सतर्क रहो,विश्वासमा दृढ़ भइरहो।साहसिलो र सामर्थी बन।
  46. १कोरिन्थी १६:१४ जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्।
  47. २कोरिन्थी ३:९ किनभने दोषी ठहराउने व्यवस्था महिमामय थियो भने, धर्मी ठहराउने सेवा ज्यादै बढ़ी महिमामय हुन्छ।
  48. गलाती ५:४ तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठहरिन चाहन्छौ, तिमीहरू ख्रीष्टबाट अलग्ग भएका छौ। तिमीहरू अनुग्रहबाट तल खसेका छौ।
  49. गलाती ६:९ भलाई गर्ने काममा हामी नथाकौं,किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।
  50. एफिसी १:७ उहाँको अपार अनुग्रहअननुसार ख्रीष्टको रगतद्वारा हामीउहाँमा उद्धार,हाम्रा पापको क्षमा पाउँछौं,
  51. एफिसी २:८ िकनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ- र यो तिमीहरू आफैबाट होइन,यो त परमेश्वरको वरदान हो-
  52. एफिसी ४:२६ क्रोध गर,तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्,
  53. एफिसी ५:१० र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोशिश गर।
  54. फिलिप्पी २:३ स्वार्थ वा अहङकरमा केही नगर,तर नम्रतामा एउटालेअर्कालाई आफूभन्दा ऋेष्ठ ठान। ४ तिमीहरू हरेकले आफनै हित मात्र नखोज,तर अरूका हितलाई पनि हेर।
  55. कलस्सी २:१४ र हाम्रो विरूद्धमा रहेको तमसुक र त्यसका सबै कानूनीदाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो।
  56. हिब्रू ४:१२ किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ,र कुनैपनि दुइधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारून्जेल वारपार छेड्ने र ह्रदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।
  57. हिब्रू १३:८ येशु ख्रीष्ट हिजो,आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
  58. याकूब २:१० किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने,व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ।
  59. १पत्रुस ५:७ तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ,किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
  60. १यूहान्ना ३:४ पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ। पाप नै व्यवस्था भङ्ग हो।
  61. १यूहान्ना ४:८ प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन,किनभने परमेश्वर प्रेमहुनुहुन्छ।
  62. १यूहान्ना ५:३ परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं,र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्।

No comments:

Post a Comment