Pages

Saturday, July 4, 2015

Hymens Start with ई

 
Most Common Hymens   











ईश्वर तपाईं उदेकका छौ अपार महानतमका [My God How Wonderful Thou Art, kb:s006, C:4/4]
१.  ईश्वर तपाईं उदेकका, छौ अपार महानतमका
    सिंहासन शोभा उही बखान अगाध तेज महिमा ।
२.  अथाह तपाईंको अनन्तकाल, हे आफै-आफ ईश्वर
    स्वर्गदूतले गर्दछन्‌ दिनरात मान पूजा निरन्तर ।
३.  तपाईंको भय म मान्दछु, हे ईश्वर जिउँदो
    पछुताई काम्दै-काम्दै आशमा पूजा म गर्छु ।
४.  तै पनि प्रभु आफै-आफ म पनि प्रेम गर्छु
    अँ, मेरो अयोग्य मनको प्रेम तपाईंले माग्नुभयो ।
५.  हे ख्रीष्टका पिता, प्रेमको मूल परमानन्द हुन्छ यो
    स्वर्गलोकमा भोग्नु नित्य वास पाई दर्शन ईश्वरको ।



ईश्वर थुमा पवित्र येशू ख्रीष्ट ईश्वर पुत्र [Lamb Of God, kb:c105, A:4/4]
ईश्वर थुमा, पवित्र येशू ख्रीष्ट, ईश्वर पुत्र,
उचालिए राजी भई मर्नलाई
मजस्तो दोषीले जानूँ रगत बग्यो,
अझ बग्दैछ, शुद्ध पार्दै, निको पार्दै ।
म उच्च पार्छु येशू, मेरो बलिदान,
उच्च पार्छु मुक्तिदाता, मेरा प्रभु
म उच्च पार्छु, परमेश्वरका थुमा,
दण्डवत्‌ गर्छु तपाईंलाई सिंहासनअघि ।


ईश्वर पिता हाम्रो सुन्नोस्‌ खालि साना मान्छे हौँ [God in Heaven Hear Our Singing, kb:s435, C:4/4]
१. ईश्वर पिता हाम्रो सुन्नोस्‌, खालि साना मान्छे हौँ
   तै तपाईंलाई ठूलो बिन्ती गर्न अहिले आएका छौँ ।
२. ख्रीष्टको राज्य खूब छिट्टो आओस्‌, ख्रीष्टमा सबले पाऊन्‌ जय
   र तपाईंलाई सबले चिनून्‌, सबले मानून्‌ धन्य भई ।
३. ख्रीष्टको प्रेमको मीठो कुरा सुनिकन मान्छेले ।
   यस संसारमा स्तुति गरुन्‌ जस्तो स्वर्गमा दूतले ।
४. आओस्‌ त्यो संसार तपाईंको हुने घड़ी हे पिता ।
   किनभने सब तपाईंका राज्य पराक्रम महिमा ।

ईश्वर महाराजलाई गर प्रणाम्‌ अँ मान उनका गुण [O Worship The King, kb:s003, G:3/4]
१.  ईश्वर महाराजलाई गर प्रणाम्‌, अँ मान उनका गुण, सामर्थ र प्रेम
    जो हाम्रा छन्‌ ढाल र रक्षक सधैँ, जो बस्छन्‌ प्रतापमा पहिरन स्तुतकालाई ।
२.  प्रताप आनि तेज त गर प्रकाश, हो वस्त्र उज्यालो, डेरा आकाश
    हुन्‌ रथ उनका गर्जनका बादल हजार, बतासका पखेटामा हुन्छन्‌ सवार ।
३.  भूलोक अनि त्यसका उदेकका धन बसाल्नुभो’ तपाईंले, सर्वशक्तिमान्‌
    स्थिर आज्ञाले गर्नुभो’ दरिलो त्यसलाई र घेर्नुभो’ समुद्रले खास्टाले झैँ ।
४.  तपाईंको निधोले राखी विश्वास सब खाँचोअनुसारको भेट्छ निकास
    तपाईंको अनुग्रह अपार छ, सब रीत हे कर्ता, हे रक्षक, हे त्राता, हे मीत ।

ईश्वर यहाँ उपस्थित छौ आशिष्‌ अहिले दिनलाई [God is Here and That to Bless Us, kb:s147, C:3/4]
१.  ईश्वर यहाँ उपस्थित छौ आशिष्‌ अहिले दिनलाई
    मेघले हेर, घेर्दै आयो, इच्छा पूरो होस्‌ तिम्रै ।
को. हामी स्वर्गे बप्तिस्मा माग्छौँ घनघोर वृष्टि गर
    प्रिय येशू पर्खंदै छौँ मन जगाऊ यही पहर
२.  अनुभव भो’ उपस्थित छौ, भै’गो पवित्र भूमि
    तर अझै बढ़्ता माग्छौँ, आऊ मनमा यसघरी ।
३.  उपस्थित छ अब बिन्ती छ, ल्याउँदैछौँ अब विश्वासलाई
    आत्मा आज जलाऊ मनमा, अहिले आफ्नो हात बढ़ाई ।
४.  प्यारसित हृदय अब देख्दछौँ, अहिले खोल भण्डारलाई
    एउटा गराऊ वृष्टि ठूलो, आशिष्‌ अहिले देऊ पठाई ।



ईश्वरको छेवैमा जाँदैछु म परे पनि दुःखमा लगिन्छु [Nearer my God to Thee, kb:s342, sz:s105, su:s182, spg:s182, G:6/8]
१. ईश्वरको छेवैमा जाँदैछु म,
   परे पनि दुःखमा लगिन्छु म ।
   स्तुति गाउँदै जय भन्छु, ईश्वरको छेवैमा,
   ईश्वरको छेवैमा जाँदैछु म ।
२. परदेशी जस्तै छु, घाम डुब्दै छ,
   वास-गढ़ म खोज्दै छु रात पर्दैछ
   निद्रामा म हुन्छु ईश्वरको छेवैमा,
   ईश्वरको छेवैमा जाँदैछु म ।
३. स्वर्गलोकको बाटो दिनछन्‌ मलाई,
   सब थोक दिन्छन्‌ मलाई वहाँ आशिष्‌ पाई
   दूत भन्दा श्रेष्ठ हुन्छु, ईश्वरको छेवैमा,
   ईश्वरको छेवैमा जाँदैछु म ।
४. दुःख-शोकलाई त्यागेर, शान्त भएर,
   चम्कँदै रहन्छु वहाँ गएर
   शोक हुँदैन साथमा ईश्वरको छेवैमा,
   ईश्वरको छेवैमा जाँदैछु म ।
५. आनन्दको पखेटा जब लिन्छु म,
   संसारको शोक चिन्ता बिर्सन्छु म ।
   स्तुति गाउँदै जय भन्छु, ईश्वरको छेवैमा,
   ईश्वरको छेवैमा जाँदैछु म ।

ईश्वरको प्रेम छ कति महान्‌ वर्णन गरी नसकिने [The Love of God, kb:s015, C:3/4]
१.  ईश्वरको प्रेम छ कति महान्‌, वर्णन गरी नसकिने
    तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको
    विश्रामरहित आत्माको लागि ईश्वरले पुत्र दिए
    पापको कालो दागलाई मेटाई हिउँजस्तो सेतो पारे ।
को. ईश्वरको प्रेम कति प्रशस्त छ, बहुमूल्य अपार
    सधैँभरि दूतगण समस्त गाउँछन्‌ त्यसको जयजयकार
२.  अफशोसी दिन जब बित्नेछन्‌, सांसारिक राज्य नाश हुनेछ
    प्रार्थना नगर्ने हरेक जन मृत्यु भनी बोलाउनेछ ।
    ईश्वरको प्रेम रहने अझ कति छ दृढ़ र महान्‌
    अनुग्रह आदम वंशलाई भनी गाउनेछन्‌ दूतगण ।
३.  समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
    हर रूखको डाँठ कलम बनेको र हरेक मानिस लेखक भए
    लेख्न ईश्वरको महान्‌ प्रेम समुद्र सुकी जान्थ्यो
    न त अटाउँथ्यो आकाशमा वर्णन त्यो दिव्य प्रेमको ।


ईश्वरको मान्छे उठ छोड़ अयोग्य कर्मलाई [Rise Up O Men of God, kb:s420, D:4/4]
१. ईश्वरको मान्छे उठ, छोड़ अयोग्य कर्मलाई
   हृदय, मन आत्मा, सामर्थ देऊ ख्रीष्ट येशू राजालाई ।
२. ईश्वरको मान्छे उठ, राज्य आउँदैछ ढिलो
   सङ्गतको दिन अब छिटो ल्याऊ, हटाऊ रात पापैको ।
३. ईश्वरको मान्छे उठ, मण्डली पर्खंदछ
   त्यो काम निमित्त नसक्ने हो उसलाई प्रसिद्ध बनाऊ ।
४. येशूको क्रूस उठाऊ हिँड़ बाटो उनैको
   मान्छेको पुत्रका दाज्यू-भाइको रुपमा उठ मान्छे ईश्वरको ।



ईश्वरको राज पहिले खोजी गर उहाँको धार्मिकता [Seek Ye First The Kingdom of God, kb:c028, mg:c020, sz:c004, su:c020, spg:c020, C,E,G:4/4,2/4]
१.  ईश्वरको राज पहिले खोजी गर, उहाँको धार्मिकता,
    सबै थोक तिमीलाई थपिनेछ, हल्लेलू हल्लेलूयाह ।
को. (हल्लेलूयाह) (३) हल्लेलू हल्लेलूयाह
२.  रोटीले मात्र मानिस बाँच्दैन, तर हरेक वचनले,
    जो परमेश्वरको मुखबाट निस्कन्छ, हल्लेलू हल्लेलूयाह ।
३.  माग त तिमीलार्य दिइनेछ, खोज त भेट्टाउनेछौ,
    घचघचाऊ ढोका उघारिनेछ, हल्लेलू हल्लेलूयाह



ईश्वरलाई पुजूँ पवित्रता लाइकन दण्डवत्‌ गरूँ प्रचारी [Worship the Lord in the Beauty, kb:s164, G:3/4]
१. ईश्वरलाई पुजूँ पवित्रता लाइकन दण्डवत्‌ गरूँ प्रचारी प्रताप
   आज्ञा मनाई र दीनता चढ़ाईकन उनैको नाउँ लिँदै जो आफै-आफ ।
२. फिक्रीका भार हालूँ ईश्वरको चरणमा, उनले त्यो हृदयमा बोक्छन उठाई
   शोक मेटिदिन्छन्‌, पुर्याउँदछन्‌ शरणमा पाउ डोर्याई मारेको झैँ ।
३. ईश्वरको महलमा विनाडराईकन छौँ आउन सक्ने दीन-हीन
   मनका भई खालि सच्चाइँ र धन प्रेमको ल्याईकन ग्रहण गरिन्छौँ यी मात्र चढ़ाई ।
४. यति नै ल्याऔँ ता येशूको नाउँमा ईश्वरले लिन्छन्‌ ती कारण उनको हर्षको
   दिन दिन्छन्‌ शोकको साटोमा कमाइको साटो विश्वास दरिलो ।
५. ईश्वरलाई पुजूँ पवित्रता लाइकन दण्डवत्‌ गरूँ प्रचारी प्रताप
   आज्ञा मनाई र दीनता चढ़ाईकन उनैको नाउँ लिँदै जो आफै आफ ।






No comments:

Post a Comment