Ps.Paul Goley |
परमेश्वरलाई महिमा होस :आमेन !
सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस ! उहाँको नाउ सधै उचालियोस ।स्वर्गलाई शिहंसान र धर्तीलाई पाउदान बनाएर राख्नु हुने परमेश्वरलाई विषेश महिमा अनि प्रशंसा होस । उहाँले आफनो महिमा र इच्छामा यस संसारलाई सृजनु भयो र यस धर्ती र आकाशमा आफनो महिमीत र आनन्त वचन द्वारा सबैलाई बनाउनु भयो । र अचम्मको कुरा त यो छ कि म जस्तो पापीलाई पनि आफनै स्वारूपमा बनाउनु भयो । सबै थोकलाई उहाँले वस्तावमा अति प्रेम गर्नु हुदो रहेछ,तर त्यो भन्दा धनिष्ठा प्रेम चाही हामी मानव जातिलाई गर्नु हुदो रहेछ । हाम्रो सारा फिक्री र वास्ता गर्नु हुने परमेश्वर कति महान् । उहाँको अदृश्य प्रेम ,ईश्वरीय स्वभाव र उहाँको अनुग्रहलाई नाप्न र जोक्न कहिलै नसकिन्दो रहेछ । वास्तवमा कति निष्ठुरी जाती रहेछौ की हामी उहाँको प्रेम ,स्वाभाव र गुणलाई बुझ्न नसक्ने । बुझ्न पनि कसरी बुझोस् ! बौधा र हिंन्दु परिवारमा जन्मेको म एउटा जल्दो बल्दो उमेरको सारिरीक रूपमा बलियो र साथी भाई,परिवार र नातेदारमा धनी थिए । बल थियो र साथी भाई सगं रम्झममा ठिकै थिए । यस्तो लग्थ्यो कि उमेरमा म जतिको बलियो र छिटो कोही छैन जस्तो लग्थ्यो । बौध धर्मलाई मान्यता दिने परिवारमा जन्मेको म एउटा केटो धामी र झाँक्री लाई अति मान्यता दिने गर्थे । समय बित्तै गयो बैसामा धेरै साथीहरू संसारिक रम्झममा र मोज मस्तीमा एक प्रकारको धेरै रमाईलो लागि रहेको थियो । मनिसको जीवनमा सधै रमाईलो र रम्झम मात्र नहुदो रहेछ तर दु:खको समय पनि आउदो रहेछ । एक दिन यस्तो समय आयो अचानक म मा कम्ती मात्रमा मेरा खुट्टाहरू झनझन र निदाएको महासुस हुन् थाल्यो । मलाई यस्तो महासुस लागि रहेको थियो कि यो विराम केहि दिन मात्र होला । तब दिन बित्तै गयो झन निदाएको र झनझन गरेको महासुस हुन् थाल्यो । अब मलाई गहिरो मात्रमा संक लाग्न थाल्यो । केहि सल्लाह र उत्साह पाउछु कि भनि मैले आफनो साथीहरूलाई सुनाए तर साथीहरूले भन्न लाल्यो कि केहि हुदैन जाति भई हाल्छ नि । तर मेरो हृदयमा यति सम्मा दु:ख लागि रहेको थियो त्यो कस्ले बुझ्न सक्छ । झन बड़ी मात्रमा मेरो बिराम बड्न लाग्यो कि म उठेर हिड्न पनि नसक्ने आवश्थामा भई सकेछु । आफनो परिवारले केपो गरोस र हुनत आफनो क्षमता अनुसार गर्नु भएको थियो । अब बस्त र उठ्न पनि कसैको सहायत चहिन थाल्यो । यस्तो पनि महासुस हुन् थल्यो कि एक दिन हजार दिनहरू जस्तो लाग्न थाल्यो । आफनो क्षमता र शक्तिले भ्याइन जेल हस्पिटल धाइयो र धामी झाँक्री र लामा लाई धेरै दु:ख दिइयो । जाति हुन्छु कि भनेर कोप्चे सम्मा पनि पुगियो । जाति हुन्छु भन्ने ठूलो आशा लिएर गएको त अझा बिराम ज्यादा थपेर ल्याएको महासुस भयो । धामी झाँक्री र लामाले उडायो धेरै । भएको जति धन र सम्पति रितियो । धाइयो धेरै हस्पिटल
हाम्रो मण्डली |
हरू र फारमेसीहरू,त पनि अतो पतो केहि लागेन।प्यारालाइस मात्र भए हुन्थ्यो नि तर अब थपियो टि:बी,घाऊ खटेरा,लुतो र सरीर सुक्ने बिरामहरू आफनो परिवारले सक्दो सहयोग गर्नु भएकै थियो । रेफर भएर भद्रपुर देखि विराट नगर सम्मा पुगियो म आफनो शरीरको बिरामबाट हारिसकेको थिए तर भित्र हृदयमा बाँचिन्छ कि जस्तो लाग्थ्यो । अब म पनि बाँच्छु होला,अरू जस्तै खेल्न र हिड्न सकिन्छ होला भन्ने ठूलो आशा मनमा लागेको थियो । ठूलो उत्साह पाइन्छ होला डक्टरबाट भन्ने मनमा कुरा खेल्दै थियो । तर अब आफु त एउटा शरीरमा मुर्दा बराबर भएको थियो यस्तो आवाज आयो डक्टरबाट "तिमी अब हस्पिटलबाट जाती हुन सक्दैनौ । तिमी अब घर गएर आफनो देवी देवता लाई खु:सी पार तब अब अलिली भएको बाँच्ने आशाहरू पनि पुरै बिल्लीएर गयो । केही थाहा पाउन छोडेछु ..एकै चोटी घरमा पुगे पछि मात्र थाहा भए मलाई । एक दिनको समय हो म आफनै घर अगाडि शरीरको घाउ फुटाउदै बसी रहेको थिए, येत-उत घुम्ने आवश्थाको थिएन,तब एक जना छीमेकी भाई जस्को नाम थियो विनोद मेरो नजिक आयो र भन्न लाग्यो "के तिमी येशुलाई विश्वास गछौओ ? यो प्रश्नले गर्दा मैले रिसले केहि देखिन,उठेर हिड्न नसक्ने आवश्था भएको मान्छेलाई रिस त कति उठयो भन्नु र अरू जस्तै दगुर्न र हिड्न सक्ने भए देखि विनोद भाई लाई मैले बाँकी राख्ने थिएन होला,त्यस्तो रिस उठेको थियो । सधै त्योहि बाटो भएर चर्च जाने भाई मलाई हेर्दै जाने गर्थ्यो । पहिलेको पुरानो साथीहरूले मलाई त्यति वाश्था गर्दैन थिए कारण बिरामी भएकोले । तब मैले आफनो परिवारलाई भन्न लागे "येशुलाई विश्वास गरे भने म त जाति हुन्छ अरे" भन्दै आफनो परिवारलाई सुनाउन लागे तब परिवारले पनि हतपत ग्रहण गर्न मानेन कारण निखुर Buddhist धर्म मनाउने भएकोले । मेरो परिवारले पनि सोच्न लाग्यो होला कुनै उपाय थिएन कारण लामा,धामी झाक्री र हस्पिटल बाट हार खाई सक्नु भएको थियो । अब परिवारले भन्न लाग्यो जाति हुन्छ भनि जान त त्यो विनोद सगं,तब विनोदले म हिड्न नसक्ने र चल्न नसक्ने मान्छेलाई विनोद भाईले बोकेर लाग्यो अब मलाई यस्तो महासुस लाग्न थाल्यो कि म जस्तो सढिएको र कुइएको मान्छेलाई संसारमा कसैले पनि बोक्दैन वा छुदैन जस्तो लाग्थ्यो तर यो भाईले कति पनि घिन नमानी बोकेर लाग्यो । जगत भन्ने एक जान भाईको घरमा मलाई भित्र लग्यो । तब मैले हेर्दा धेरै जान मानिसहरू देखे,एक जान हासिलो अनुहार बोक्नु भएको मानिस मेरो साम्ने आउनु भयो र भन्न लाग्नु भयो" कान्छा तिमी जाति हुन्छौ र नडराओ"उहाँले यति मात्र बोल्नु भएको थियो मलाई यति खु:सी लाग्यो कि मेरो जीन्दगीमा सबै भन्दा उत्साहको र खु:सीको दिन त्यो दिन थियो । कारण मलाई लामो बिरामको आवश्थामा कहिले मैले यस्तो आवाजहरू सुन्न पाहेको थिएन । अब मलाई फेरी बाँच्ने आशा लाग्न थाल्यो । जुन दिन विनोद भाईले मलाई चर्चमा लग्यो त्योहि दिन पास्टार लाग्पा तामाङ (दावा) पुरै उहाँको परिवार र मण्डालीले मलाई प्रार्थाना गरीदिनु भयो त्योहि दिन देखि उता म बिस्तरै मात्रामा जाति भएको महसुस हुन थाल्यो र म घरको बार समातेर उठ्न सक्ने भए । खाना नपच्ने खायो छेरी हाल्ने तर त्यस दिन र रात देखि धेरै खाना रन थाल्थे र अब निद्र पनि मजाले लाग्न थाल्यो । तब झन मात्र बाँच्ने रहेछु भनेर आशा र विश्वास लाग्न थाल्यो । चर्च गएको लगतर एक हप्ता पछि मेरो शरीरको घाउ र खटेरा सुक्न थाल्यो र पाप्रा उकिना थाल्यो । मैले ग्रहण र बप्तिस्मा लिए । अब मलाई धेरै जस्तो साहायत नचाईने भो। संगती जदाको कारण म धेरै जाति भई सकेछु । म जस्तो काम नलाग्ने ब्यातिलाई पनि प्रभु येशुले धेरै मायाँ गर्नु हुदोरहेछ । कुनै देवी देवता र लामा धामी झाक्री लाई असम्भव कार्य हाम्रो एक उध्दार कर्तालाई सम्भव हुदोरहेछ । मैले प्रतक्छ्या महासुस गरे प्रभु येशुको शक्तिलाई । मैले शरीरमा मात्र होइन आत्मामा पनि छुट्कारा पाए । एउटा ठूलो तामाङ टोलमा बसोबास गर्दै आएको म, अब धेरै मात्रमा सतावाट र घृणीत भएको मेरो जीवनमा महासुस हुन् थाल्यो कारण ख्रिष्टियन भएकोमा । कुनै तामाङ वा अरू जातीहरूले भित्र पस्ना र जाना दिनु छोढ्यो । आफनै प्रिय िमत्रहरूले पनि छुवाछुत गर्न थाल्यो । लामो समय सम्मा
My Family |
आफनै परिवारबाट पनि सतावात पाइयो । आफनो मण्डली,पास्टार र पास्टार बुबाको परिवार र विषेश गरी परमेश्वर बाहेक कोही थिएन । म लुते ल्यांग्रे भएकोमा मेरो परिवारलाई सहयोग गर्न कर लाग्थ्यो । विस्तारै मात्रमा म आत्मामा बाढ्दै गए तब मेरो परिवारलाई परमेश्वरले चुन्नु भयो । लगातार संगती भई रहेको थियो तब अचानक विदेश लाने हलचल बढ्न थाल्यो । संगतीबाट विस्तारै मात्रामा विदेश जाने पराक्रम बाढ्दै गयो । मण्डली विस्तारै मात्रमा घट्न थाल्यो । एक दिन बाईबल training को अवसर आएको रहेछ तब पास्टार बुबाले मलाई भन्न लाग्नु भयो " Paul तिमी अब bible training जानु पर्छ है "। मैले भने "म कसरी जाने म जस्तो पढ़ाईमा कम्जोरी,शरीरमा कम्जोरी ? "तब परमेश्वरले मलाई bible training को लागि बोलाउनु भएको रहेछ । म डर र निराश संगै म bible training गए । घर फर्के पछाडि पास्टार बुबा Denmark जाने process मा हुनुहुन्थ्यो । अब हामी रहेको मण्डलीलाई डर हुन थाल्यो कसरी संगती चलाउने । अचानक पास्टार बुबाले मलाई भन्न लाग्नु भो Paul अब तिमीले यस मण्डलीलाई चलाउनु पर्छ नि ! मलाई अचम्मै लाग्न थाल्यो कि मैले कसरी चलाउने मण्डली । म जस्तो शरीरमा कम्जोर,शैक्षिक छेत्रमा पनि कम्जोर यो कसरी हुन सक्छ र भन्ने बारम्बार मनमा लाग्थ्यो । पास्टार बुबालाई पनि धेरै अन्तर बिम्ती गरे मैले । म सक्दिन होला,कुन तरीकाले चलाउने होला र के गर्ने होला ? डर पन र निराश पन ज्यादै भईरहेको थियो । अब मेरो केहि लागेन र तब मैले स्वीकार गर्न कर लाग्यो ।भस्तावमा परमेश्वरले मलाई बोलाउनु नै भएको रहेछ । आज दिन सम्मा एघार देखी बार्हा वर्ष लाग्यो म एउटा पस्टारी रूपमा काम गरी रहेकोछु । हालमा म र मेरो परिवारलाई परमेश्वरले Joliette Québec मा ल्याउनु भयो । मेरो परिवार र म मात्र,हामीले घरैबाट संगती सुरू गरिओ । तब कोही थिएन ख्रिष्टियन हरू वरीपरी । तब मलाई मेरो परिवारबाट धेरै सहयोग मिल्यो विषेश गरी मेरा दुई बहिनीबाट सपान्य र रेबीका बाट । परिवार बाटै उत्साही भएर प्रार्थाना र संगती हुदै थियो,तब कसरी भयो अहिले सम्मामा परमेश्वरले सय देखि सय पाँच सम्मामा नयाँ आत्माहरूदिनु भयो ।
Sunday School Leader with Children |
परमेश्वरले हामीलाई मण्डली मात्र होईन तर मण्डली लाई चाहिने संतती घर,music बाजाहरू र सम्पूर्ण चीज दिनु भयो । आजको दिन सम्मा को संगतीलाई बढाउने परमेश्वर नै हुनुहुन्छ । उहाँले नै आफनो महिमीत शक्ति र इच्छामा बढाउदै हुनुहुन्छ । म घमम्डा गर्न सक्दिन कि यो मेरै शक्तिमा मण्डली बढ्दै छ सबै उहाँको अनुग्रह हो । परमेश्वर पितालाई धन्यवाद होस जुन समयमा म आफनै संगतीमा म कम्जोरी आवश्थामा पुग्दा उहाँको महिमामा मेरो परिवारलाई प्रयोग गर्नु भो विषेश गरी सपान्य र रेबीका जसले हरपल मलाई उत्साह र बढ्ने कुराहरू गर्थे । म आनन्दित भएको छु परमेश्वरले आफनो महिमाको सम्पति अनुसार उहाँहरूलाई ब्याितगत हिसाबमा आशीष दिई सक्नु भएको छ र दिदै हुनुहुन्छ । त्यस पछि लगातार धेरै लिडरहरू उहाँको महिमामा मण्डलीको आवश्यकतामा दिनु भयो र उहाँहरूबाट परमेश्वरले धेरै जानालाई सुधार्नु भयो । यो सबै उहाँको अनुग्रह हो । साँचैनै प्रभु कति महान् हुनुहुदो रहेछ जसले आफनु अनुग्रहमा म जस्तो पापी र कम्जोरी लाई भेड़ा गोठालाको रूपमा चुन्नु भयो । सय पाँच भन्दा ज्यादा भेड़ाहरु मलाई हेर्न दिनु भयो । यो सबै उहाँको आशीष हो । आजको दिनमा परमेश्वरले धेरै जवानहरू,लिडरहरू र अगुवाहरुबाट संगतीलाई धेरै महिमीत हिसाबले बढ़ाई रहनु भएको छ । आज यस मण्डलीबाट नै उहाँको अनुग्रहमा धेरै जानले आशीष पाउन सफल भएका छन् । म आशीषित भएको छु कारण उहाँको महिमाले,म दुर्बल ब्याक्तिलाई पनि उहाँको पवित्र वेदीमा खड़ा गर्नु भएको छ र उहाँको पवित्र वचन द्वारा आज मण्डलीको हृदयमा सम्मा पुग्न सफल हुदैछु । यो सबै उहाँको अर्दिश्या प्रेम र ईश्वरीय स्वाभाव हो । सबै महिमा उहाँलाई नै होस् ...आमेन
-Mahima ra prashamsha church
Good job (y) God bless you all.
ReplyDelete