Pages

Monday, July 13, 2015

Important Physical Healing Nepali Bible Scriptures

   Important Physical Healing Nepali Bible  Scriptures                             

1.प्रस्थान 15:26 र उहाँले भन्नुभयो, "तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका कुरा ध्यानसित सुन्यौ, उहाँको दृष्टिमा जे ठीक छ छ सो गयौ, र उहाँका आज्ञाहरूमा ध्यान लगायौ, र उहाँका सबै विधिहरू मान्यौ भने, जुन रोगहरू मैले मिस्रीहरूमाथि ल्याएको थिएँ, तीमध्ये एउटै पनि तिमीहरूमाथि ल्याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म
 परमप्रभु हुँ।"
2. प्रस्थान 23:25 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आराधाना गर्नु, र उहाँले तिमीहरूका अन्नपानीमा आशिष् दिनुहुनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु।
3. व्यवस्था 7:15 अनि परमप्रभुले तिमीहरूलाई सबै रोग-बिमारीबाट स्वतन्त्र राख्नुहुनेछ।तिमीहरूले मिस्रामा देखेका भयानक रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछैन, तर तिमीहरूसँग वैरभाव राख्नेहरूमाथि ती ल्याउनुहुनेछ।
4. व्यवस्था 28:1-2 आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होसियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये स्रेष्ठ तुल्याउनुहुनेछ। 2 परमप्रभु आफ्ना परमेश्वरको वचन वचन पालन गर्यौ भने यी सबै आशिष् तिमीहरूलाई लाग्नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्:
5. व्यवस्था 30:19-20 आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरूद्धमा साक्षी राख्तछु, कि मैले तिमीहरूका अघि जीवन र मृत्यु, आशिष् र स्राप राखेको छु । अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक, 20 र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्दै र उहासँगै लीन बन्दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्छ,र तिमीहरूका पुर्खा अब्राहम,इसहाक र याकूबसित उहाँले दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बचाउनुहुनेछ ।
6. यहोशू 21:45परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन,सबै पूरा भए ।
7. 1 राजा 8:56 " आफ्नो प्रजा इस्राएललाई आफूले प्रतिज्ञा गर्नुबमोजिम विश्राम दिनुहुने परमप्रभुलाई प्रशंसा होस्। आफ्ना दास मोशाद्वारा गर्नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटै पनि विफल भएको छैन ।
8. 2राजा 20:5" फर्केर मेरो प्रजाको अगुवालाई भन्, 'तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले तेरो प्रार्थना सुनें र तेरो आँसु देखें । म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ परमप्रभुको मन्दिरमा जानेछस्।
9. अय्युब 10:12 तपाईले मलाई जीवनको प्रदान गर्नुभयो, र आफ्नै निगाहमा मलाई राख्नुभयो, अनि मेरो आत्मालाई तपाईकै ईश्वरीय अनुग्रहले देखरेख गर्यो ।
10. भजनसंग्रह 89:34 म मेरो करार भङग गर्नेछैनँ, अथवा मेरो मुखबाट निस्केको वचन बद्लनेछैनँ ।
11. भजनसंग्रह 91:3 निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
12. भजनसंग्रह 91:5-7 तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि,डराउनेछैनौ, 6 नता अन्धकारमा फैलिने रूढ़ीदेखि  न मध्यदिनमा  नाश गर्ने महामारीदेखि डराउनेछौ। 7 एक हजार जना तिम्रो नजीक लोट्लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजीक त्यो आउनेछैन।
13. भजनसंग्रह 91:16 लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु, र त्यसलाई म उद्धारको दर्शन दिनेछु,"
14. भजनसंग्रह 103:2-3 हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्,र उहाँका सबै उपकारहरू नबिर्सी-3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ,र तेरा सबै रोगहरू निको पार्नुहुन्छ,4 जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्छ, र तँलाई करूणा र पृपाको मुकुट लगाइदिनुहुन्छ, ५ जसले,तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चीलको जस्तै फेरि नयाँ होस्।
15. भजनसंग्रह 105:37 उहाँले सुन र चाँदीसहित इस्राएलीहरूलाई बाहिर निकाल्नुभयो, र तिनीहरूका कुलमध्येको कसैले पनि ठोकर खाएन ।
16. भजनसंग्रह 107:19-20 तब तिनीहरूले आफ्नो सङकष्टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपदबाट छुटाउनुभयो । 20 उहाँले आफ्नो वचन पठाएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्युको खड़लबाट उकास्नुभयो।
17. भजनसंग्रह 107:20 उहाँले आफ्नो वचन पठाएर तिनीहरूलाई निको पार्नुभयो,र तिनीहरूलाई मृत्युको खाड़लबाट उकास्नुभयो।
18. भजनसंग्रह 118:17 म मर्दिनँ, तर जीवित रहनेछु, र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु ।
19. भजनसंग्रह 147:3 उहाँले टुक्रिएको ह्रदय भएकाहरूलाई निको पार्नुहुन्छ,र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ।
20. हितोपदेश 3:5-6 आफ्नो सारा ह्रदयले परमेश्वरमा भरोसा राख् र तेरो आफ्नै समझशक्तिमा भर नपर् 6 आफ्ना सारा मार्गमा उहाँलाई सम्झी,र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ।
21. हितोपदेश 4:20-22 हे मेरो छोरो, मेरो कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन्।  21 ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो ह्रदयभित्र राखिछोड्। 22 किनभने तेरो वचन पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो । 23 सबै कुराभन्दा बड़ी, आफ्नो ह्रदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो ।
22. यशैया 53:4-5 निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं। 5 तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पयो, र उसको कोर्राको चोटले हामी निको भयौं।
23. यर्मिया 30:17 तर म तँलाई फेरि स्वस्थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,' परमप्रभु भन्नुहुन्छ, 'किनभने तँलाई त्यागिएकी,कसैले वास्ता नगर्ने सियोन भनिन्छ।'
24. योएल 3:10 तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका छिमल्ने हँसियाहरू पिटेर भाला बनाओ । कमजोरीहरूले भनिन् "म बलियो छु ।"
25. मत्ती 8:2-3 एक जना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अघि घुँड़ा टेकी यसो भन्यो, "हे प्रभु, तपाईको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ।" 3 उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो, "म इच्छा गर्छु, तिमी निको भइजाऊ ।" तुरून्तै त्यसको कुष्ठरोग निको भइगयो।
26. मत्ती 12:28 तर यदि परमेश्वरका आत्माद्धारा म भूतहरू धपाउँछु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ।
27. यूहान्ना 10:10 " चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।
28. रोमी 8:11 तर यदि येशुलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, ख्रीष्ट येशुलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्माद्धारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।
29. रोमी 8:32 जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र ?
30. याकूब 5:14-15 के तिमीहरूमध्ये कोही बिरामी छ ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक हरेर त्यसको निम्ति प्रार्थना गरून्, 15 र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ ।
31. 1 प्रत्रुस 2:4 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो । उहाँकै चोटहरूद्धारा तिमीहरू निको भयौ ।
32. 3यूहान्ना 1:2 प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठीक रहोस्। तिम्रो आत्मिक जीवन ठीक छ भन्ने म जान्दछु।


                                                                             

                                                                                                                            Copyright © New Nepali Revised Bible

Special Thanks : Ps. Paul

No comments:

Post a Comment