Important Nepali Bible Memory Verses For Youth Fellowship
Nepali New Revised Verson(Copyright )
1.मत्ती :9:37-38 तब उहाँले आफना चेलाहरूलाई भन्नुभयो,"फसल प्रशन्न
छ,तर खेतालाहरू थोरै छन्। 38 यसकारण फसलका प्रभुलाई प्रार्थना गर,र उहाँले आफनो फसलमा खेतालाहरू पठाइदिऊन् ।"
2.मत्ती12:36 म तिमीहरूलाई भन्दछु,हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्,न्यायको दिनमा तिनीहरूले त्यसको रेखा दिनुपर्नेछ'37 किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ,र तिम्रा वचनले तिमी दोषी ठहरिनेछौ ।"
3.मत्ती 18:18"साँच्चै,म तिमीहरूलाई भन्दछु,तिमीहरूले पृथ्वीमा जे बाँच्छौ,त्यो स्वर्गमा बाँधिनेछ । अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ ।
4. मत्ती 18:20 किनकि जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु ।"
5.मत्ती 22:37 उहाँले तिनलाई भन्नुभयो,"तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा ह्रदयले र सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु । 38 महान् र प्रथम आज्ञा यही हो । 39 दोस्रो पनि त्यस्तै छ,तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। 40 सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुइ आज्ञाहरू हुन ।"
6.मत्ती 24:35 स्वर्ग र पृथ्वी बितेर जानेछ,तर मेरा वचन बितेर जानेछैनन् ।
7.मत्ती 24:36"तर त्यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले ।
8.मत्ती 28:18 तब येशु तिनीहरूकहाँ आएर भन्नुभयो,"स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ ।
9. मर्कूस 10:45 किनकि मानिसको पुत्र सेवा पाउन होइन,तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो ।
10.मर्कूस 16:16 विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ,तर विश्वास नगर्ने दोषी ठहरिनेछ ।
11.मर्कूस 16:18 तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषायु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफना हात राख्नेछन् र तिनीहरू निको हुनेछन् ।
12.लूका 1:37 किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन ।"
13.लूका 14:11 किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ,त्यो होच्याइनेछ,र आफूलाई होच्याउनेचाहिँ उच्च पारिनेछ ।"
14. यूहान्ना 1:12 तर जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे,उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो
15यूहान्ना 8:58 येशुले तिनीहरूलाई भन्नुभयो,"साँच्चै म तिमीहरूलाई भन्दछु,अब्राहाम हुनुभन्दा अघिबाटै म
छँदैछु ।"
16.यूहान्ना 10:30 पिता र म एक हौं ।"
17.यूहान्ना 11:25 येशुले तिनलाई भन्नुभयो,"पुनरूत्थान र जीवन म नै हुँ । मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ ।
18.यूहान्ना 12:26 कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु,मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ ।
19.यूहान्ना 14:13 तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। 14 तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने म गरिदिनेछु ।
20.यूहान्ना 14:27शान्ति म तिमीहरूसँग छोडिराख्छु । म आफनो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको ह्रदय व्याकूल नहोस् र भयभीत नहोस् ।
21.यूहान्ना 15:19 यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्ने थियो। तर तिमीहरू यस संसारका होइनौ । तिमीहरूलाई संसारबाट मैले चुनें,यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ ।
22. यूहान्ना 15:23 जसले मलाई घृणा गर्दछ,त्यसले मेरा पितालाई पनि घृणा गर्दछ।
23.यूहान्ना 17:3 अब अनन्त जीवन यही हो,कि तिनीहरूले तपाई, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईले पठाउनुभएको येशु ख्रीष्टलाई चिनून् ।
24.रोमी 3:23 किनभने सबैले पाप गरेका छन्,र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।
25.रोमी 5:12 एउटा मानिसद्धारा संसारमा पाप आयो,र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो ।
26. रोमी 8:35 कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के सङकष्टले,अथवा दु:खले,वा खेदोले,वा अनिकालले,वा नग्नताले,अथवा खतराले वा तरवारले ?
27.रोमी 10:17 जे सुनिएको छ,त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ ।
28. रोमी 12:10 भ्रातृ-प्रेमसँग एक-अर्कालाई प्रेम गर । आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर ।
29.रोमी 12:14 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ,नसराप ।
30.रोमी 12:17 कसैलाई खराबको सट्टा खराब नगर । जुन कुरा मानिसहरूका दृष्टिमा आदरणीय छ,तिनमा ध्यान देओ ।
31. रोमी 14:8 यदि हामी बाँच्छौं भने प्रभुकै निम्ति बाँच्छौं,र मछौं भने प्रभुकै निम्ति मछौं ।
32. रोमी 14:17 किनभने परमेश्वरको राज्य खानु र पिउनु होइन तर पवित्र आत्मामा धार्मिकता,शान्ति र आनन्द हो ।
33. 1कोरिन्थी 1:25 किनभने परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा ऋेष्ठ छ,र परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा शक्त्तिशाली छ ।
34. 1कोरिन्थी 2:5 ताकि तिमीहरूको विश्वास मानिसको बुद्धिमा होइन,तर परमेश्वरको शक्तिमा आधारित होस् ।
35. 1कोरिन्थी 2:15 आत्मिक मानिसले सबै कुराको जाँच गर्दछ,तर ऊचाहिँ कुनै मानिसद्धारा जाँचिनेछैन ।
36.1कोरिन्थी 3:16 के तिमीहरूलाई थाहा छैन,तिमीहरू परमेश्वरका मन्दिर हौ,र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ ?
37. 1कोरिन्थी 6:17 तर जो प्रभुसँग एक हुन्छ,त्यो उहाँसँग आत्मामा एउटै हुनेछ ।
38. 1कोरिन्थी 11:9 स्त्रीको निम्ति पुरूष सृष्टि भएको होइन,तर स्त्री पुरूषको निम्ति ।
39. 1कोरिन्थी 13:4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ । 5 प्रेम हठी हुँदैन,न ढीट हुन्छ । प्रेमले आफनै कुरामा ज़िद्दी गर्दैन,झर्को मान्दैन,खराबीको हिसाब राख्दैन । 6 प्रेम खराबीमा प्रसन्न हुँदैन,तर ठीक कुरामा रमाउँछ ।
40. 2कोरिन्थी 13:13 अब विश्वास,आशा,प्रेम,यी तीन रहन्छन्,तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो ।
41. 1कोरिन्थी 15:22 किनकि जसरी आदममा सबै मर्दछन्,त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन् ।
42. 1कोरिन्थी 15:33 भ्रममा नपरा खराब सडगतले राम्रो चरित्रलाई नष्ट पार्छ ।
43. 2कोरिन्थी 10:17"घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस् ।"१८ किनकि आफनो तारीफ आफै गर्ने मानिस स्वीकार गरिँदैन,तर प्रभुले तारीफ गर्नुहुने मानिसचाहिँ स्वीकार गरिनेछ ।
44. गलाती 3:28 अब नता याहूदी छ न ग्रीम,न कमारा छ न फुक्क,नता पुरूष न स्त्री छ,किनकि ख्रीष्ट येशुमा तिमीहरू सबै एउटै हौ ।
45. गलाती 5:22 तर पवित्र आत्माको फलचाहिँ प्रेम,आनन्द,शान्ति,धैर्य, दया,भलाई,विश्वस्तता,२३नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरूद्धमा कुनै व्यवस्था छैन ।
46. गलाती 6:7 धोखामा नपर,परमेश्वरको ठट्ट हुँदैन,किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ ।
47. एफिसी 4:2 सारा दीनता,नम्रता,र धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर, 3 शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर ।
48. एफिसी 4:29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर,जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् ।
49. एफिसी 5:29 ख्रीष्टको श्रद्धामा एउटा अर्काको अधीनमा बस ।
50. एफिसी 6:17 मुिक्त्तको तोप लगाओ,र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो । 18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर । यस उद्देश्यले गगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो ।
51. फिलिप्पी 4:13 जसले मलाई शक्ति दिनुहुन्छ,उहाँमा नै म सब कुरा गर्न सक्छु ।
52. फिलिप्पी 4:19 मेरा परमेश्वरले आफनो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ ।
53. कलस्सी 3:2 माथिका कुरामा मन लगाओ । पृथ्वीमा भएका कुरामा होइन । 3 किनभने तिमीहरू मरेका छौ,र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ ।
54. 1थेसलोनिकी 4:7 किनकि परमेश्वरले हामीलाई अशुद्धताको निम्ति होइन,तर पवित्रतामा बोलाउनुभएको छ ।
55. 1थेसालोनिकी 5:17 निरन्तर प्रार्थना गरिरहो ।
56. 2तिमोर्थी 1:7 किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन,तर शक्त्ति,प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ ।
57. 2तिमोर्थी 3:12 ख्रीष्ट येशुमा भक्त्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,
58. हिब्रू 2:16 किनकि साँच्चै नै उहाँले स्वर्गदूतहरूको होइन,तर अब्राहामका सन्तानको वास्ता गर्नुहुन्छ ।
59. हिब्रू 10:26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्यौं भने पापको निम्ति अब उसो अरू कुनै बलिदान रहँदैन,
60. हिब्रू 11:1अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो ।
61. याकूब 1:21 यसैकारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ,रतिमीहरूका ह्रदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर,जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ ।
62. याकूब 2:17 यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो ।
63. याकूब 4:17 यसकारण जसले भलाई गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ ।
64. याकूब 5:16 यसकारण तिमीहरू एउटाले अर्कासँग आ-आफना पाप स्वीकार गर । तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर । धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ ।
65. 1पत्रुस 1:16 किनभने यो लेखिएको छ,"तिमीहरू पवित्र होओ,किनभने म पवित्र छु ।"
66. 1पत्रुस 2:24 हामी पापको लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफनै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्धारा तिमीहरू निको भयौ ।
67. 1पत्रुस 4:1 जसरी ख्रीष्टले शरीरमा दु:ख भोग्नुभयो,त्यसरी नै तिमीहरूले पनि त्यही किसिमको विचार धारण गर,किनभने जसले शरीरमा दु:ख भोगेको छ,त्यसले पाप गर्न छोड़ेको हुन्छ ।
68. 1पत्रुस 4:7 सबैको कुराको अन्त्य नजीकै आएको छ। यसकारण आफना प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरहो ।
69. 2पत्रुस 3:8 तर प्रिय हो,यो एउटा कुरा नभुल,कि प्रभुको निम्ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्छ ।
70. 1यूहान्ना 1:8 यदि हामीमा पाप छैन भनी हामी भन्छौं,भनेता हामीले आफैलाई धोखा दिन्छौं,र हामीमा सत्य हुँदैन ।
71. 1यूहान्ना 1:9 यदि हामीले आफना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ,र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ,किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।
72. 1यूहान्ना 2:6 उहाँमा रहन्छु भन्ने व्यक्त्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ ।
73. 1यूहान्ना 2:16 किनकि संसारमा भएका सबै थोक,अर्थात शरीरको अभिलाषा,आँखाको अभिलाषा,जीवनको शेखी पिताबाट आएका होइनन्,तर संसारबाट आएका हुन् ।
74. 1यूहान्ना 2:17 संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ,तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ ।
75. 1यूहान्ना 2:20 तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ । , र तिमीहरू सबैले सत्य जान्दछौ।
76. 1यूहान्ना 2:23 पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न । जसले पुत्रलाई स्वीकार गर्छ,त्यससँग पिता हुनुहुन्छ ।
77. 1यूहान्ना 2:29 उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यो भने यो कुरा तिमीहरूलाई निश्चय होस् कि धार्मिक काम गर्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ ।
78. 1यूहान्ना 3:3 अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ,उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ ।
79. 1यूहान्ना 3:6 उहाँमा रहने कसैले पाप गरिरहँदैन । पाप गरिरहने कसैले उहाँलाई नता देखेको छ न चिनेको नै छ।
80. 1यूहान्ना 3:9 परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन,किनकि उहाँको स्वभाव त्यसमा रहन्छ,र त्यसले पाप गरिरहन सक्दैन,किनभने त्यो परमेश्वरबाट जन्मेको हो ।
81. 1यूहान्ना 3:18 साना बालकहरू,वचन र बोलीले मात्र हामी प्रेम नगरौं,तर काम र सत्यताले प्रेम गरौं ।
82. 1यूहान्ना 3:20 जब हाम्रो ह्रदयले हामीलाई दोष दिन्छ,हामी जान्दछौं परमेश्वर हाम्रो ह्रदयभन्दा महान् हुनुहुन्छ,र उहाँले सब थोक जान्नुहुन्छ ।
83. 1यूहान्ना 4:15 जसले येशुलाई परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ,त्यसमा परमेश्वर वास गर्नुहुन्छ,र त्योचाहिँ परमेश्वरमा ।
84. 1यूहान्ना 4:18 प्रेममा डर हुँदैन,तर सिद्ध प्रेमले डरलाई हटाउँछ । किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ,अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन ।
85. 1यूहान्ना 4:19 हामी प्रेम गर्दछौं,किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो ।
86. 1यूहान्ना 5:4 किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ,र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो ।
87. 1यूहान्ना 5:7 गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ,किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ ।
88. 1यूहान्ना 5:12 जससँग पुत्र हुनुहुन्छ,त्यससँग जीवन छ,जससँग परमेश्वरका पुत्र हुनुहुन्न,त्यससँग जीवन हुँदैन ।
89. प्रकाश 3:20 हेर,म ढोकामा उभिएर ढकढक्याउँछु । कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने,म त्यहाँबाट भित्र पस्नेछु र त्यससँग भोजन खानेछु,र त्यसले मसँग खानेछ ।
90. प्रकाश 22:13 म अल्फा र ओमेगा,पहिलो र पछिल्लो,आदि र अन्त्य हुँ ।
91. लेवी 20:26 तिमीहरू मेरो निम्ति पवित्र होओ,किनभने म,परमप्रभु, पवित्र छु,र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेर छुट्ट्याएको हुँ ।
92. यहोशू 3:7 अनि परमप्रभुले यहोशूलाई भन्नुभयो,"जसरी म मोशाको साथमा थिएँ त्यसरी नै म तेरो साथमा पनि छु भनी यिनीहरूले थाहा पाउनलाई आजको दिनदेखि सारा इस्राएलीहरूको नजरमा तँलाई उठाउनेछु ।
93. 2 इतिहास 7:14 यदि मेरो आफनै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ,र मलाई खोजेर आफना दुष्ट चालहरूबाट फर्कन्छ,तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु,र तिनीहरूका पाप क्षमा गर्नेछु,र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु ।
94. भजनसंग्रह 37:4 परमप्रभुमा आनन्दित होऊ,र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ ।
95. हितोपदेश 19:17 गरिबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो,र त्यसले जे गरेको छ,त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ ।
96. हितोपदेश 22:11 जसले ह्रदयको शुद्धता रूचाउँछ र जसको बोलीवचन अनुग्रहसहितको छ, त्यसको लागि राजा पनि मित्र हुनेछ ।
97. यशैया 41:10 यसैले नडरा,किनकि म तँसित छु।निरूत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ । म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु । मेरो धार्मिकताको दाहिने हातले म तँलाई समाल्नेछु ।
98. यर्मिया 9:23 परमप्रभु यसो भन्नुहुन्छ:"बुद्धमान् मानिसले आफनो बुद्धिमा घमण्ड नगरोस्,अथवा बलियो मानिसले आफनो बलमा घमण्ड नगरोस्, अथवा धनी मानिसले आफनो धनमा घमण्ड नगरोस्,24 तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्:'म परमप्रभुलाई जान्दछु र चिन्दछु,र उहाँ त्यही परमप्रभु हुनुहुन्छ,जसले पृथ्वीमा दया,न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ । किनभने यिनैमा म प्रसन्न हुन्छु,"परमप्रभु भन्नुहुन्छ ।
99. यर्मिया 15:19 यसैकारण परमप्रभु यसो भन्नुहुन्छ:"यति तैंले पश्चात्ताप गरिस् भने,म तँलाई फेरि स्थापित गर्नेछु,कि तैंले मेरो सेवा गर्न सकोस् । यदि तैंले चाहिँदो कुरा बोलिस् र व्यर्थका कुरा गरिनस् भने,तँ मेरो वक्त्त हुनेछस् । यी मानिसहरू तँतिर फर्कून्,तर तँचाहिँ तिनीहरूतिर नजानू ।
100. यर्मिया 20:11 तर परमप्रभु एक शक्तिशाली योद्धाझैँ मसित हुनुहुनेछ,यसैले मलाई सताउनेहरू ठेस खाएर लोट्नेछन् । तिनीहरू ममाथि विजयी हुनेछैनन् । तिनीहरू सफल हुनेछैनन् र तिनीहरू साह्रै लाजमा पर्नेछन् तिनीहरूको अनादर कहिल्यै बिर्सिइनेछैन ।
101. यर्मिया 23:23-24 परमप्रभु भन्नुहुन्छ,"के म नजीक मात्र रहने परमेश्वर हुँ र,टाढ़ाको चाहिँ परमेश्वर होइनँ ? 24 के कोही मानिस गुप्त ठाउँहरूमा लुक्न सक्छ र म त्यसलाई देख्न सक्दिनँ?"परमप्रभु भन्नुहुन्छ। के स्वर्ग र पृथ्वी दुवैलाई म ढाक्दिनँ र ? परमप्रभु भन्नुहुन्छ ।
102. इजकिएल 36:26 म तिमीहरूलाई एउटा नयाँ ह्रदय दिनेछु,र तिमीहरूभित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङगाको ह्रदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको ह्रदय दिनेछु ।
Special Thanks: Ps. Paul
No comments:
Post a Comment